कांग्रेसले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ ‘प्यासी’ अधिकारीलाई हटाउने तयारी गरेको छ । प्रदेश प्रमुख अधिकारीमाथि पार्टीको कार्यकर्ताजस्तै विधि र प्रक्रिया नपुर्याइ नयाँ मुख्यमन्त्री नियुक्त गरेको कांग्रेसको आरोप छ । बिहीबार मात्रै प्रदेश–१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । हतार–हतारमा संसदीय दलको नेता परिवर्तन गरी आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो…