कांग्रेस कर्णाली: पौडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेदरवारी, देउवा पक्षबाट को-को छन् आकांक्षी ?

  नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर रामचन्द्र पौडेल समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भोलि मनोनयन र पर्सी मतदानको कार्यतालिका छ । तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् । शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस गरेका…