जापान- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचार, महंगी, असुरक्षा बर्तमान सरकारको परिचय नै बनिसकेको बताएका छन । नेविसंघका पूर्व अध्यक्ष समेत रहेका नेता पौडेलले जापानको राजधानी टोकियोमा जनसम्पर्क समिति जापानले गरेको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन । वाइडबडी विमान खरिद प्रकरण तथा बुढी गण्डकी परियोजना विना टेण्डर चीनको गेजुवा कम्पनीलाई दिने सरकारी निर्णयमा भ्रष्टाचारको गन्ध आइरहेको…