मुस्ताङमा युरेनियम उत्खननका लागि कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने बजारको चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खननका सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको सदनलाई जानकारी गराए। मन्त्री खनालले…