सेक्युरिटी प्रेस खरिद प्रक्रिया रद्द गर्न र गोकुल बास्कोटामाथी छानबिन गर्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक  लेखा समितिको शुक्रबार बसेको बैठकले जिटुजी मोडेलबाट फ्रान्ससँग सेक्युरिटी प्रिन्टर खरिद गर्ने प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ।लागत बढाएर ठूलो आर्थिक अनियमिताको चलखेल भएको भन्दै समितिले उक्त प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो। समितिका सांसदहरूले जिटुजी प्रक्रियाबाट हुने सबै खरिद प्रक्रिया खारेज गर्न सुझाव दिदै जिटुजीमार्फत् खरिद गर्दा ठुलो चलखेल हुने…