स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार बन्द गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीका बेला स्वास्थ्यकर्मी माथि भइरहेका दुर्व्यवहार बन्द गर्न आग्रह गरेको छ। उपत्यकालगायत विभिन्न जिल्लामा चिकित्सकमाथि दुर्व्यवहार भइरहेको घटना सार्वजनिक भएपछि आयोगको ध्यानाकर्षण भएको भन्दै आयोगले यस्तो आग्रह गरेको हो। ‘जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेछ’ अयोगको विज्ञप्तिमा भनिएको छ‚ ‘उनीहरुमाथि नै अभद्र…