काठमाडौं फागुन २७– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सीके राउतका कार्यकर्ताले आइतबार जनकपुरमा गरेको नारावाजीको विषयमा सरकारसँग जवाफ मागेका छन् । सोमबार कांग्रेस क्षेत्रीय समिति नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले राउतसँग सहमति गरेर सरकारले विखण्डनकारीलाई मान्यता दिएको दाबी गरे । सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको…