प्रधानमन्त्रीले विवादित अभिव्यक्तिको जवाफ चितवनबाट होइन, सदनबाटै दिनुपर्छ: सांसद आरेन राई

काठमाडौँ।श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को विवादित अभिव्यक्तिको जवाफ चितवनबाट आएको भन्दै त्यसमा गम्भीर असन्तुष्टि जनाएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रतिपक्षले संसद्मा विरोधका लागि मात्र विरोध नगरेको स्पष्ट पारे। प्रधानमन्त्रीले दिएको राष्ट्रघाती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि उठाउँदै आए पनि…