प्रधानमन्त्री कार्कीले भनिन्- ढुक्क हुनुस्, चुनाव एकै चरणमा हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । उनले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस् । एकै दिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ ।…