विराटनगर । नेकपा (एमाले)का नेता महेश बस्नेत सवार गाडीमा विराटनगरमा रातो मसी फ्याँक्ने दुई युवा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य रहेको खुलेको छ । आइतबार विराटनगर ओर्लिएका बस्नेतको गाडीमाथि विमानस्थल परिसरमै विरोधस्वरूप रातो मसी छ्यापिएको थियो । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट…