काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो दल ‘समावेशी समाजवादी पार्टी’का प्रतिनिधिहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । नुमा लिम्बूको अध्यक्षतामा समावेशी समाजवादी पार्टीले आयोगमा यसअघि नै निवेदन दिएको थियो । ‘दल दर्ताका लागि दिएको निवेदनपछि सनाखतका लागि हामी निर्वाचन आयोग आएका हौं, संभवत आज(मंगलबार)नै प्रमाणपत्र पाउने अपेक्षा गरेका छौं,’ उक्त पार्टीका संरक्षक सुनिलबाबु…