रुपन्देही । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले भने, ‘अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेन्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।’ रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड…