प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा कागजात झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ । बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नाउपा र जसपाले समर्थन फिर्ता लिएकोबारेका कागजात झिकाउन आदेश दिएको सर्वोच्च स्रोतको भनाइ छ।