काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुको मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हून् । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनकोे भनाइ छ । उनले विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई…