काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेन—जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधवार अपरान्ह पार्टी मुख्यालय सानेपामा हस्ताक्षर बुझाएका हुन् । महाधिवेशन प्रतिनिधिहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन् ।…