निजामती विधेयकको कुलिङ पिरियड हटाउन एमालेको संशोधन प्रस्तावप्रति कांग्रेस नेताहरूको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति आपत्ति जनाएका छन् । शुक्रबार बूढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति आपत्ति जनाएका हुन् । बैठकमा नेताहरूले कांग्रेससँगको सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता भएको बताएका छन्…