काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । बिहीबार उनीहरूबीच फोन वार्ता भएको हो। वार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालमा हालै भएका दुःखद् घटनाप्रति समवेदना प्रकट गर्दै शान्ति र स्थिरता पुनःस्थापना गर्ने प्रयासप्रति भारतको अटुट समर्थन रहेको मोदीले जनाएका छन्।…