काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा लागेका मानिसलाई सरकारी कार्यक्रमको प्रमुख अथिति बनाउदाँ संसदको अवमूल्यन हुने बताएका छन् । केही दिन अघि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रमको आयोजना गरी टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए । बुधबार बसेको…