एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे छलफल हुँदैनः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रश्तुत गर्न नमिल्ने बताएका छन् । विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारेको फरक मत राख्न नमिल्ने तर्क गरेका छन् । बुधवार पार्टी मुख्यालय च्यासलमा विधान महावेशनबारे आयोजित पत्रकार सम्मेलनमा…