काठमाडौं । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको सत्तारुढ दल नेकपा ९एमाले० का मुख्य सचेतक महेश बर्तौलाले पुष्टि गरे। उनले भने, ‘मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको छ।’ मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए। भूमि…