काठमाडौं । ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् । आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हून् । देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने उनको भनाई छ…