प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) दिउँसो १ बजे बस्नेछ । मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणलगायतको एजेण्डा रहेको छ । प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् ।