सांसद यादवको आरोप – मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी

जनकपुर । जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी रहेको आरोप लगाएका छन् । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले बजेटमा बिचौलियाको योजना सांसदले दिएको योजना भन्दा बढी रहेको रेड बुकले अक्षरस्त प्रमाणित गरेको बताएका हुन्। उनले योजना बाँडफाँटमा मन्त्रीहरुले खुलेआम मनमौजी गरेको आरोपसमेत…