काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हून् । उनले युवामैत्री लगानीको वातावरण, नवप्रर्वद्धन र उद्यमशीलतालाई प्रर्वद्धन गर्ने नीति र कानूनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन…