काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको नेकपा एमालेले जनाएको छ ।पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानको धारा ८ र ९ अनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा रहेको बताए। उनले भने, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ…