कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

काठमाडौं । कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो । निर्वाचित भएपछि उनले निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको भन्दै…