सर्लाही । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गर्दै दहेज प्रथाविरुद्ध कडा सन्देश दिएकी हुन् । उनले दाइजोमा आधारित विवाहमा उपस्थित हुन असमर्थ रहने स्पष्ट पार्दै समाजलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यासतर्फ अग्रसर हुन आग्रह गरेकी छन्…