काठमाडौं । काठमाडौंको तीनकुनेमा सुरु भएको राजवादीहरुको प्रदर्शन विथोलिएको छ । राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरिएपछि आम सभा अझै सुरु हुन नसकेको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए । उनका अनुसार आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।…