विवाहको उमेर घटाउन सकिन्छ : गृहमन्त्री लेखक

काठमाडौं, १० चैत । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा विवाहको उमेर घटाउनुपर्ने पक्षमा छलफल भएको छ । नेपालको मौजुदा कानुन मुलुकी संहितामा विवाहको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने छ । समितिमा भने विवाहको उमेर १८ वर्षमा झार्नुपर्नेबारे छलफल भएको हो । समितिमा रहेका बहुमत सांसदहरुको राय विवाहको उमेर घटाउनुपर्नेमा छ ।…