जनकपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवले हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीका लागि सप्तरीको राजविराजमा पार्टीका नेताकार्यकर्ताहरूसँग विशेष छलफल गरेका छन् । सोमबार आयोजित छलफल कार्यक्रममा उपमहासचिव यादवले जनताको लामो समयदेखिको अपेक्षा पूरा गर्न हुलाकी राजमार्गको उचित उपयोग र यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउँदै यस अभियानलाई जनस्तरमा लैजानुपर्नेमा…