काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित कान्ति भैरव गुरुकुलले आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाएजस्तै भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्नेमा जोड दिएका…