काठमाडौँ । राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थालेका छन्।
प्रशासनले बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु पुग्न थालेका हुन्।
बल्खु चोकमा आयोजना गरिएको आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।






























