काठमाडौं। आज सिंहदरबार छिरेका धरान उपमहानगरपालिका मेयर हर्कराज राईसँगको भेटवार्तामा खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी मन्त्री यादवले मेयर साम्पाङलाई धरानमा खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र नै खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन्।…