काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी परेको छ । पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । प्रसाईंविरुद्ध जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको थियो ।…