सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन् । विहीबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताए । उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने…