काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको निष्कर्षसहित सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पार्दैछ। आइतबार राति अबेरसम्म बसेको समितिको बैठकले लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष निकालेको समितिका एक सदस्यले जानकारी दिए। ‘लामो चलेको बैठकमा रास्वपा र माओवादीका सदस्यले सभापति लामिछानेको नाम किटान गर्ने कुरामा आनाकानी गरिरहनुभएको थियो…