सामाजिक सञ्जालमा भाइरल भएको रविको तस्बिर डा निकोलसले खिचेको खुलासा

पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतेको अवस्थामा खिचिएको भाइरल तस्बिर खिच्नेको पहिचान खुलेको छ। रविकै समर्थक डा निकोलस भुसालले उक्त तस्बिर आफूले नै खिचेको तर सामाजिक सञ्जालमा राख्नु गल्ती भएको भन्दै माफी मागेका छन्। बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सहकोषाध्यक्ष दीपक बोहराले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै…