प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईले बुझाए १९ बुँदे मागपत्र

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गरेका छन् । शुक्रबार प्रधानमन्त्री कार्यलयमा उनले विस्तृत शान्तिसम्झौता र नेपालको संविधानको मर्म र भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन…