कांग्रेसका पूर्वसभापति देउवा बाथरुममा लडेर घाइते

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँचिएको छ । पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।