नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताएका छन् ।बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् । उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल…