काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन भन्दै नेकपा एमालेलाई दिएको जग्गाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले सर्वोच्चमा रिट हालेका हुन् । रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गामा सरकारकै नेतृत्व गरेका…