देउवाको बयान–मेरो निवासमा रकम भेटिएको भिडियो एआईबाट बनाईएको हो

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा भेटिएको रकम एआईले बनाएको बताएका छन् । जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित कार्की आयोगलाई दिएको बयानमा पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् । देउवाले भनेका छन्–नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिणाम…