सहकारी प्रकरण : सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सिआइबी टोली पोखरा जाँदै, रवि पक्राउ पर्लान् ?

काठमाडौं– सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएपछि रास्वपा सभापति रवि लामिछाने जोडिएको भनेको सहकारी प्रकरण अझ पेचिलो हुने निश्चित छ। सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले अनुसन्धानलाई प्राविधिक रुपमा सहयोगका लागि टोली पोखरा पठाइएको स्विकारे।…