जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छ : इन्दिरादेवी गौतम

काठमाडौँ,। राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका चरणबद्ध आन्दोलनले मुलुकलाई समाजवादतर्फ उन्मुख हुने उहिल्यै स्पष्ट गति दिनुपर्नेमा अहिलेसम्म पनि अभ्यासकै चरणमा छौँ । संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका आवश्यक कानुन निर्माण र तर्जुमा भएका ऐन कार्यान्वयनमा लैजान सकिएको छैन । एक दलले अर्कोलाई दोषारोपण गर्ने गरे पनि कहाँ र कुन तहबाट कमी कमजोरी भएको छ…