जसपाका मन्त्रीले पनि बुझाए राजिनामा

काठमाडौं, २१ असार । जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीद्धय प्रदीप यादव र नवलकिशोर सुँडीले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज साँझ बालुवाटारमा भेटेरै राजीनामा बुझाएका हुन् । यादव स्वास्थ्यमन्त्री थिए भने सुँडी वन तथा वातावरणमन्त्रीको भूमिकामा थिए ।