काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदुरपश्चिम नजिर मियाँलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन…