समाचार संकलनमा रोक लगाएको प्रति पत्रकार महासंघको ध्यानाकर्षण

सप्तरी २४ माघ । राजविराज नगरपालिकाद्वारा समाचार संकलनमा लगाएको रोकप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि पत्रकारले नगरपालिकाबाट अनुमति–पत्र लिनुपर्ने कार्य निन्दनीय रहेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पत्रकार रामनाथ यादवलाई नगरपालिकाले उपलब्ध गराएको पत्रमा विद्यालयको…