सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद

नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ ।विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरूमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ । टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी वर्दिबास बजारमा निक्कै गर्मागर्मा बढेको छ ।केही दिनअघि नेकपा एमालेका नेताहरू…