मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरुआत भएको छ । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कंचनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएपछि परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको शुरु भएको हो । होली पर्वको शुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि…