जिल्ला समन्वय समिति ललितपुरको प्रमुखमा कांग्रेसका फुयाँल निर्विरोध निर्वाचित

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको सोमबारको निर्देशनअनुसार ललितपुरमा जिल्ला समन्वय समिति गठनमा गठबन्धन दलहरूबीच तालमेल भएको छ । गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’का सदस्य पदमा तालमेल भएको हो । सोहीअनुसार सबै पदमा उम्मेदवार दर्ता भएको छ । तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि…