महिला उद्यमीहरूले ललितपुरमा आफूहरूले उत्पादन गरेको सामान बिक्री वितरणका लागि प्रर्दशनी स्थल निर्माण गर्न माग गरेका छन् ।११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरूले उत्पादन गरेको नेपाली सामान बिक्री तथा प्रर्दशनका लागि स्थायी प्रकृतिको प्रर्दशनी स्थल नभएको बताइन् । उनले भनिन्, ‘पाटन बसन्तपुरमा पर्यटकहरूलाई विभिन्न सरसामान बिक्री गरिन्छ…